प्रदेश–५ मा वडासदस्यलेसमेत तलब पाउने • Image Khabar Image Khabar


प्रदेश–५ मा वडासदस्यलेसमेत तलब पाउने


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार १८:४३

प्रदेश–५ मा वडासदस्यलेसमेत तलब पाउने

प्रदेशसभामा दर्ता भएको विधेयकमाथि छलफलकाक्रममा विधायन समितिले वडासदस्यलाईसमेत तलब दिने गरी प्रतिवेदन बुझाएपछि वडासदस्यलेसमेत तलब पाउने निश्चित भएको हो ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रतिवेदन पेस गरेका थिए ।

निर्वाचित भएकाहरुले जागिर गर्न नपाउने भएकाले तलबको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गाउँपालिकाका सदस्यले मासिक ७ हजार, नगरपालिकाका सदस्यले मासिक ८ हजार र उपमहानगरपालिका सदस्यले मासिक ९ हजार रुपैयाँ तलब पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समितिका सदस्यहरुले मासिक १६ हजार तलब पाउने विधायन समितिले पारित गरेको हो । सदस्यले तलबसँगै सन्चार सुविधासमेत पाउनेछन् ।

मंगलबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको सेवा–सुविधासम्बन्धी विधेयकमासमेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्