
मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले मोेदी आवत–जावत गर्ने बाटोका घरअगाडि विशेष सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको कलश राखेर स्वागत गर्न आग्रह गरेका हुन् ।
मोदी आउने दिन प्रदेश सरकारले प्रदेश–२ मा सार्वजनिक बिदासमेत दिएको छ ।
मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
नागरिक अभिनन्दनमा ५ लाख मानिस उतार्ने भन्दै प्रदेश सरकारले ८ ओटै जिल्लाका स्थानीय तहलाई ‘सर्कुलर’ जारी गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ गरेपछि त्यहाँबाट ‘रामायण सर्किट’को शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, जानकी मन्दिरबाट भारतको अयोध्यासम्म चल्ने बससेवाको सुरुआत गर्ने कार्यक्रमसमेत रहेको छ ।
नागरिक अभिनन्दन हुने समारोहस्थलमा सर्वसधारणलाई प्रवेश गर्न कुनै रोकतोक नरहेको प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्