१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


२२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश (हेर्नुहोस सूची)


0
Shares

काठमाडौं, बैशाख २६ । गृह मन्त्रालयले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिश समितिको हिजोको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको हो ।

बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा रहंदा सहकुलबहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादवलगायत बढुवाको सिफारिशमा क्रमशः छन् ।

सोमबार मात्र गृह मन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

police1_2policee2