हावाहुरीले विद्युतको तार चुडाउँदा करेन्ट लागेर मृत्यु • Image Khabar Image Khabar


हावाहुरीले विद्युतको तार चुडाउँदा करेन्ट लागेर मृत्यु


Imagekhabar
२६ बैशाख २०७५, बुधबार १२:४८

हावाहुरीले विद्युतको तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापा, वैशाख २६ । झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गरिएको तार छिनेपछि लागेको करेन्टले गम्भीर घाइते बनाएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको होे । (रासस)

प्रतिक्रिया दिनुहोस्