जनकपुरमा हावाहुरी ढालेको स्वागतद्वारको निर्माण थालियो (भिडियो) • Image Khabar Image Khabar


जनकपुरमा हावाहुरी ढालेको स्वागतद्वारको निर्माण थालियो (भिडियो)


Imagekhabar
२६ बैशाख २०७५, बुधबार १३:३०

जनकपुरमा हावाहुरी ढालेको स्वागतद्वारको निर्माण थालियो (भिडियो)

जनकपुर, बैशाख २६ । जनकपुरमा बुधबार विहान आएको हावाहुरीले क्षति पुर्‍याएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वार फेरि बनाउन थालिएको छ ।

मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका थिए ।

राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार आज बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालेको हो ।

हावाहुरीसँगै आएको पानीले रंगभूमि मैदानमा पानी जमेको छ । भाँचिएको बाँस कपडाले निर्मित स्वागत गेट हटाएर फेरि नयाँ स्वागत गेट निर्माण गर्न थालिएको हो ।

नागरिक अभिनन्दन स्थल रंगभूमि मैदान र बाटोमा जमेको पानी सुकाइदैछ । सरसफाईमा निजी विद्यालयका शैक्षिक संगठन पनि परिचालन गरिएको छ ।

हावाहुरीले किसानले लगाएको फलफूल तथा तरकारी खेती पनि नष्ट गरेको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुगेको छ ।

हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित छन् । महोत्तरीमा धेरै घरको छानो उडाएको र रुख ढालेको जनाइएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्