१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मोदी भ्रमणको सुरक्षा प्रबन्ध मिलाउन भारतीय एआईजीसहितको सुरक्षाफोर्स मुक्तिनाथमा


0
Shares

मुस्ताङ, बैशाख २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी सुरक्षा प्रबन्धको कार्ययोजना तयार पार्न भारतीय एआईजीसहित १५ जनाको टोली मुस्ताङतर्फ हिँडेको छ ।

पोखराबाट बिहान हिडेको टोलीमा ४ जना भारतीय एआईजीसहित सुरक्षाफोर्स सामेल छ । उनीहरु साँझसम्म जोमसोम पुग्ने जनाइएको छ ।

मोदीको भ्रमणलाई व्यवस्थित गर्न सुरक्षा फोर्सले विहीवार जिल्लाका सरोकारवाला निकायसँग उच्चस्तरीय छलफल गर्ने कार्ययोजना पनि रहेको छ ।

त्यस्तै मोदीलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने टुङ्गो पनि लगाइने छ ।

मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिसरमै रहेर टोलीले सुरक्षा प्रदान गर्नेछन् । यसका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् ।