सी विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति, फोर्ब्सको सूचीमा मोदी नवौं स्थानमा • Image Khabar Image Khabar


सी विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति, फोर्ब्सको सूचीमा मोदी नवौं स्थानमा


Imagekhabar
२६ बैशाख २०७५, बुधबार १७:२१

सी विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति, फोर्ब्सको सूचीमा मोदी नवौं स्थानमा

अमेरिकी पत्रिका ‘फोर्ब्स’ले सार्वजनिक गरेको नयाँ सूचीमा चारपटकसम्म पहिलो स्थानमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी पहिलोपटक सूचीको पहिलो स्थानमा पर्न सफल भएका हुन् ।

गत मार्चमा सम्पन्न चिनियाँ जनकंग्रेसको बैठकपछि सी माओपछिकै शक्तिशाली चिनियाँ नेता बनेका थिए ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली ७५ जना व्यक्तिको सूचीको दोस्रो स्थानमा रुसी राष्ट्रपति पुटिन झरेका छन् ।

सो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तेस्रो र जर्मन चान्सलर एञ्गेला मर्केल चौथो स्थानमा छन् । मर्केल एक दशकसम्म शीर्ष १० स्थानमा पर्दै आएकी छन् ।

त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सूचीको नवौं स्थानमा पर्न सफल भएका छन् । उनले फेसबुकका संस्थापक मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाईसमेत पछि पारेका छन् ।

भारतका धनाढ्य मुकेश अम्बानी सो सूचीको ३२औं स्थानमा छन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले ३६औं स्थान प्राप्त गरी दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पछि पारेका छन् ।

फोर्ब्सले पृथ्वीका करिब साढे ७ अर्बभन्दा बढी मानिसमध्ये ७५ व्यक्तित्वहरुको प्रभाव सबैभन्दा बढी रहेको जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्