इजरायली सैन्य अखडामा इरानद्वारा आक्रमण • Image Khabar Image Khabar


इजरायली सैन्य अखडामा इरानद्वारा आक्रमण


Imagekhabar
२७ बैशाख २०७५, बिहीबार १०:३४

इजरायली सैन्य अखडामा इरानद्वारा आक्रमण

सिरिया, वैशाख २७ । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो । इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ ।

सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । सिरियाली सरकारी मिडियाका अनुसार इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

सिरियाली सेनाले दुईवटा इजरायली क्षेप्यास्त्रलाई खसालेको दावीसमेत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि इरानले इजरायली सैन्य अखडा लक्षित हमला गरेको हो । इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी निर्णयलाई इजरायलले स्वागत गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्