
बिहीबार नेपाल पत्रकार महासंघ बझाङले चैनपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख थापाले विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।
उनले विकास र समृद्धिका लागि सबैको साथ आवश्यक हुने धारणा राखे ।
सबै तहको निर्वाचन समाप्त भइ देश विकास र समृद्घिको यात्रातर्फ अघि बढेकाले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले हिजोका दिनमा सिंहदरबारमा भएको सेवा–सुविधा जनताको घर–आँगनमा आइपुगेको भन्दै आफ्नो गाउँठाउँको विकासका लागि सबै राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिहरु एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे ।
सभामुख बनेपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका प्रदेश सभामुख थापाले बझाङको विकासका लागि सबै स्थानीय तहले विकासको गुरुयोजना तयार गरी त्यसैको पेरिफेरीमा रहेर योजना बनाउनुपर्ने सुझावसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्