
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सो मुद्दामा ८ जना सरकारी वकिलको टिम रहेको छ ।
पहिलो दिन तीनजना सरकारी वकिलले बहस गरेका छन् । जसमा सहन्यायाधिवक्ता गोपाल रिजाल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका निमित्त सहन्यायाधिवक्ता मनोज आचार्यले बहस गरेका थिए ।
अरु पाँचजना वकिलले शुक्रबार बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ ।
सरकारी वकिलको बहसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस गर्ने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
प्रतिवादीको तर्फबाट बहसका लागि ७९ जनाले कानुन व्यवसायीले नाम दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्