
माओवादी केन्द्रबाट मेयर बनेका कुशवाहालाई हिन्दु युवासंघ पर्साका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्यामा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले दोषी ठहर गरेको थियो ।
गत फागुन २८ गते जनकपुर उच्च अदालत, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले जन्मकैदको फैसला सुनाएलगत्तै फरार रहेका कुशवाहालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि उनलाई उच्च अदालतमा पेस गरिएको जनाइएको छ ।
वि.सं. २०६७ साल असार १२ गते हिन्दु युवासंघ पर्साका तत्कालीन अध्यक्ष तिवारीलाई वीरगन्जमा गोली हानी हत्या गरिएको थियो । त्यसबेला माओवादी नेता प्रभु साहका स्वकीयसचिवसमेत रहेका कुशवाहा २०७० सालमा पक्राउ परेका थिए ।
तर, जिल्ला अदालत बाराले उनलाई सफाइ दिएकोमा तिवारी पत्नीले उच्च अदालतमा पुनरावलोकन मुदा दायर गरेकी थिइन् ।
सोही घटनामा संलग्न अर्का दोषी बारा, हरैयाका अमनप्रसाद कुशवाहा हाल पर्सा कारागारमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्