
मुक्तिनाथ क्षेत्र विकास समिति, वारागुङ–मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला समन्वय समिति र रानीपौवाबजारका वासिन्दाले स्वागत गेटहरु बनाइरहेका छन् ।
यस्तै, मोदी भ्रमणको सुरक्षाका लागि मुक्तिनाथमा नेपाल प्रहरीका १८५ जना, सशस्त्र प्रहरीका १८५ र नेपाली सेनाको ठूलो टोली परिचालन भएको प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।
उनकाअनुसार नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले संयुक्तरुपमा मोदी भ्रमणको सुरक्षा निगरानी गर्नेछन् ।
भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणका लागि मुक्तिनाथ विकास समितिले आवश्यक मर्मत, सुधारका कामहरु अन्तिम चरणमा पुगेको जनाएको छ ।
मुक्तिनाथ क्षेत्रको ८०० मिटर क्षेत्रमा मोदीको स्वागतका लागि ब्यानर टाँगिएको छ भने जोमसोमदेखि मुक्तिनाथ क्षेत्रमा बिहीबारदेखि सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा करिब डेढ घन्टा पूजा गर्ने जनाइएको छ । मोदीको पूजाकाक्रममा स्वामी कमलनयनाचार्यले पूजापाठ गर्नेछन् ।
मोदी भ्रमणका लागि शुक्रबार अपराह्न ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ क्षेत्र ‘सिल’ गरिने मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्