मलेसियाका प्रधानमन्त्री महाथिरले लिए सपथ • Image Khabar Image Khabar


मलेसियाका प्रधानमन्त्री महाथिरले लिए सपथ


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार ०७:२८

मलेसियाका प्रधानमन्त्री महाथिरले लिए सपथ

क्वालालम्पुर, वैशाख २८ । मलेसियाका नेता महाथिर मोहमदले ९२ वर्षको उमेरमा प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् ।

बुधबार भएको आम चुनावमा आफैंले हुर्काएर ६२ वर्षदेखि शासन गरिरहेको पूर्व पार्टी बारिसान नेसनललाई हराउँदै उनी प्रधानमन्त्री बनेका हुन् । उनले यसअघि, सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्रीका रुपमा मलेसियाको सत्ता सम्हालेका थिए ।

महाथिरका कार्यकाल मलेसियाको इतिहासमा समृद्धि र आर्थिक विकासको स्वर्णयुगका रुपमा लिइन्छ । बारिसान सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि नै सत्तामा थियो । यही पार्टीबाट निर्वाचित भई २२ वर्ष मलेसियाको शासन गरेर आफैंले सत्ता हस्तान्तरण गरेका उत्तराधिकारी नजीब रजाक भ्रष्टाचारमा मुछिएपछि महाथिर रुष्ट बनेका थिए ।

आफ्नो सल्लाह सरकारले नमानेपछि उनले सन् २०१६ मा आफ्नै नेतृत्वमा मलेशियन युनाइटेड इन्डिजेनस पार्टी स्थापना गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री नजीब रजाकले पराजय स्वीकार्दै महाथिरलाई कार्यकालको शुभकामना दिएका छन् ।

मलेसियाका राजा सुल्तान मुहम्मद पञ्चमले महाथिरलाई मन्त्रिपरिषद् गठनबारे छलफल गर्न शाही महलमा बोलाएका छन् ।

२२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जित्दा ६२ वर्षदेखि सत्तामा रहेको रजाकको पार्टी भने जम्मा ७९ सीटमा समेटिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्