भारतीय प्रधानमन्त्री मोदीबाट जानकी मन्दिरमा विशेष पूजा • Image Khabar Image Khabar


भारतीय प्रधानमन्त्री मोदीबाट जानकी मन्दिरमा विशेष पूजा


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार ११:३०

भारतीय प्रधानमन्त्री मोदीबाट जानकी मन्दिरमा विशेष पूजा

जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरेका छन् ।

मोदीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् ।

मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्