Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मोदीसँगै उभिएर ओलीले भने– अरु कुनै सन्दर्भमा जान उचित ठान्दिनँ


0
Shares

जनकपुर, वैशाख २८ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण आफूहरुका लागि खुशीको विषय भएको बताएका छन् ।

नेपाल र भारतबीच परापूर्वकालदेखि सम्बन्ध रहेको चर्चा गर्दै उनले भगवान राम र सीताको समयदेखि नै दुई देशबीच यस्ता भ्रमण आदान–प्रदान हुने गरेको बताए ।

अघिल्लो पटक प्रधानमन्त्री रहँदा भारतीय नाकाबन्दीको कडा आलोचना गरेका ओलीले जनकपुरमा भारतीय समकक्षी मोदीसँगै उभिएर जनकपुर–अयोध्या बस सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अहिले अरु कुनै सन्दर्भमा जान उचित ठान्दिनँ ।’

उनले राम र सीताको भेट भएको, सीताले जन्म लिएको ठाउँमा मोदी आएको उल्लेख गर्दै भने, ‘यो अवसरमा खुशी व्यक्त गर्न चाहन्छौं ।’

सोही अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सम्बन्ध अटूट र अविष्मरणीय रहिरहने विश्वास व्यक्त गरे ।

उनले जनकपुर र अयोध्याबीचको सम्बन्ध उसैगरी अटूट रहने पनि बताए ।

जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शुरुवात गर्ने कार्यक्रममा उनले जनकपुर–अयोध्याबीच सीधा बस सेवा सञ्चालनले दुईदेशबीच पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।