
शुक्रबार जनकपुरमा पूजा–आराधना र नागरिक अभिनन्दन ग्रहण गरेपछि उनी एअर इन्डियाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।
मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरे ।
त्यसपछि उनी बौद्धस्थित हायात होटल गएका छन् । उनी अब ‘गार्ड अफ अनर’ ग्रहणका लागि टुँडिखेल पुग्नेछन् ।
मोदीले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट शिष्टाचार भेट गर्नेछन् ।
यस्तै, प्रधानमन्त्री मोदीले होटल द्वारिकाजमा र प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै र प्रतिनिधिमन्डलसहित भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीले त्यहीँ नेपालका विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले शुक्रबारै अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्याससमेत गर्ने कार्यक्रम रहेको छ ।
नेपालको दुईदिने राजकीय भ्रमणकाक्रममा रहेका मोदी शनिबार बिहानै मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङ जानेछन् ।
मुक्तिनाथबाट काठमाडौं फर्केपछि राष्ट्रियसभागृहका गरिने नागरिक अभिनन्दनमा उनी सामेल हुनेछन् ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणकाक्रममा शुक्रबार बिहान जनकपुर आइपुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्