२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुख्यमन्त्री राउतले मोदीलाई सुनाए–‘विभेदकारी संविधानविरुद्ध संघर्षरत् छौं’


0
Shares

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरस्थित रंगभूमि मैदानमा आयोजित कार्यक्रममा उनले मधेसलाई केन्द्रबाट पछाडि पारिएको गुनासो मोदीलाई सुनाए ।

मुख्यमन्त्री राउतले विभेदकारी संविधानविरुद्ध र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको उल्लेख गरे ।

‘हामी नेपालको अभिन्न अंग हौं’ भन्दै उनले मुलकमा बिनाविभेद, बिनाभेदभाव कुनै जाति, वर्ग, समुदायले राज्यका हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले पुग्नसक्ने सहज अवसर मिलोस् भन्ने चाहेको उल्लेख गरे ।

‘राज्य मधेसप्रति पूर्वाग्रही छ, विद्वेषपूर्ण मानसिकताका कारणका मधेसका बासिन्दा तुलनात्मकरुपमा अत्यधिक गरिब, बेरोजगारी, अभावग्रस्त, शोषित, उत्पीडित जीवन जीउन विवश रहेको’ पनि उनले सुनाए ।

उनले वर्षायाममा बाढीका कारण नेपालको मधेस र भारतका हजारौं व्यक्ति प्रभावित भएको भन्दै दीर्घकालीन समाधान खोज्न मोदीको ध्यानाकर्षण गराए ।

जनकपुरप्रति आफ्नो प्रेम बारम्बार प्रकट गर्न पनि भारतीय प्रधानमन्त्री मोदीसमक्ष उनको आग्रह थियो ।