
मुस्ताङ, वैशाख २९ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका छन् ।
मुक्तिनाथ दर्शनका लागि उनी शनिबार बिहानै मुस्ताङ आएका हुन् । उनले मुक्तिनाथको पूजा आराधना गर्ने कार्यक्रम छ । उनलाई अभिनन्दन गरिने कार्यक्रम पनि छ ।
मुक्तिनाथबाट फर्किएपछि उनी पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । पशुपतिमा मोदीले विशेष पूजा गर्नेछन् ।
उनलाई आजै काठमाडौंमा नागरिक अभिनन्दन गरिने कार्यक्रम पनि छ । राष्ट्रिय सभागृहमा उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ ।
यसक्रममा महानगरको कलात्मक साँचोको प्रतिक पनि दिइनेछ । मोदीलाई मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दनका क्रममा ‘काठमाडौंको कलात्मक साँचो’ हस्तान्तरण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्