
काठमाडौं, वैशाख २९ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका छन् ।
शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएका उनले पशुपतिनाथको पूजा गरेका हुन् । उनले पशुपतिनाथको दर्शन गर्दै रुद्राभिषेक गरेका छन् ।
आजै उनलाई काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम छ ।
मोदी आजै साँझ स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस्