२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


लाजिम्पाटमा किरियापुत्री घर सञ्चालन


0
Shares

काठमाडौं, वैशाख २९ । काठमाडौंको लाजिम्पाटमा कुमारी ढुंगेधारा निर्माण उपभोक्ता समितिले किरियापुत्री घर सञ्चालनमा ल्याएको छ ।

स्थानीय बासिन्दाको सक्रियता र सांसद विकास कोषको सहयोगमा निर्माण गरिएको भवनको स्थानीय समाजसेवी एवं युवा समाज सुधार केन्द्रका संरक्षक श्यामबहादुर पाण्डेले उदघाटन गरे ।

दुईतले भवनमा महिला र पुरुष किरियापुत्रीको लागि छुट्टा–छुट्टै स्थानको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा किरियापुत्रीहरुलाई आवश्यक पर्ने सबै कुराहरुको प्रबन्ध गरिएको छ ।

कार्यक्रममा समाजसेवी पाण्डेले समाज विकासबाट मात्र राष्ट्रिय विकास सम्भव हुने भन्दै सामाजिक काममा सकृय हुन युवावर्गलाई आग्रह गरे ।

आफ्नो टोल आफै बनाऔं भन्ने अभियान प्रत्येक टोलमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

किरियापुत्री भवनमा लाजिम्पाटबाहेक अन्य क्षेत्रका व्यक्तिहरुले पनि सुविधा लिन सक्नेछन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मानित गरिएको थियो । भवन १७ लाख ६६ हजार रुपैंयामा निर्माण गरिएको हो ।