२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


दायित्व वाङमय प्रतिष्ठानको १९ औं वार्षिकोत्सव सम्पन्न


0
Shares

काठमाडौं, बैशाख २९ । दायित्व वाङमय प्रतिष्ठानको १९ औं वार्षिकोत्सव काठमाडौको प्रज्ञा भवनमा सम्पन्न भयो ।

सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रातको जून र नियात्रा नामक पुस्तक विमोचन गरियो भने दायित्व वाङमय प्रतिष्ठानको वार्षिक पत्रिका दायित्वको १११ औं अङ्क पनि लोकार्पण गरियो ।

कार्यक्रममा लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशिल साहित्यकारहरुलाई सम्मान गरियो ।

प्रा.डा विष्णु आत्रेय तथा देवीप्रसाद ज्ञवालीलाई दायित्व वाङमय विशिष्ट सम्मान २०७५ बाट सम्मानित गरिएको थियो भने कलाधर काफ्ले र रामबहादुर पहाडीलाई दायित्व वाङमय पुरस्कार २०७५ बाट सम्मानित गरियो ।

यसैगरी कृष्ण प्रधानलाई हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट पुरस्कृत गरियो ।