२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने


0
Shares

काठमाडौं, बैशाख ३० । उत्तर कोरियाले आफनो देशमा रहेको परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने घोषणा गरेको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाए अनुसार उत्तर कोरियाले आगामी दुई साताभित्र विदेशी सञ्चारकर्मीको उपस्थितिमा परमाणु परीक्षण केन्द्र नष्ट गर्ने छ ।

मे २३ बाट सुरु हुने तीन दिने कार्यक्रमका लागि सुरक्षा विज्ञ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आमन्त्रण गरिने छ ।

त्यसक्रममा परीक्षण केन्द्रस्थित सबै सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी भत्काइने, प्रवेशद्वार बन्द गरिने, पर्यवेक्षण गर्ने केन्द्र र अनुसन्धान भवनहरु हटाइने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच सिंगापुरमा ऐतिहासिक शिखर बैठक हुनुभन्दा तीन हप्ताअघि हुने सो कार्यक्रममा दक्षिण कोरिया, चीन, ब्रिटेन तथा रुसका पत्रकार सहभागी हुनेछन् । (एजेन्सी)