२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


इराकको संसदीय चुनावमा विपक्षी शिया गठबन्धनलाई ठूलो सफलता


0
Shares

काठमाडौं, बैशाख ३१ । इराकमा शनिवार सम्पन्न आमचुनावमा प्रधानमन्त्री हैदर अल अबादीको विपक्षी शिया गठबन्धनले ठूलो सफलता हात पारेको आशिंक नतिजाहरुले देखाएका छन् ।

धेरैजसो मत गणना भैसक्दा धर्मगुरु मोक्तादा अद सद्र नेतृत्वको गठबन्धन र मिलिसिया नेताको अर्को गठबन्धनले अग्रता दिइएको छ ।

सदरका समर्थकहरुले विजयोत्सव मनाउन थालिसकेका छन् । सन् २००३ मा सद्धाम हुसेनको शासन अन्त्यसंगै सदर राजनीतिमा उदाएका हुन् ।

प्रधानमन्त्री अबादी सरकारको गठबन्धन तेस्रो स्थानमा संघर्ष गरिरहरको छ ।

अन्तिम चुनावी परिणाम आजै सार्वजनिक गरिने अधिकारीहरुले जनाएका छन् ।

गत वर्ष इस्लामिक अतिवादी समूह आईएसलाई पराजित गरेपछिको यो पहिलो चुनाव हो ।

१८ वटा प्रान्त रहेको इराकमा ३ सय २९ सीटका लागि करिब ७ हजार उम्मेदवार प्रतिस्पर्धामा थिए । चुनावमा ४४ दशमलब ५ प्रतिशत मत खसेको थियो जुन अघिल्लो चुनावको भन्दा पनि कम हो ।

धेरैजसो उम्मेदवार शिया र सुन्नी समुदायका छन् । शिया नेतृत्वको इराकी सरकारले आईएसलाई पराजित गरेको हो । तर पुनर्निर्माणमा भैरहेको ढिलाई, भ्रष्टाचार र कमजोर अर्थतन्त्रका कारण धेरै इराकी निराश छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट अलग्गिएको दुई दिनपछि नै इराकमा चुनाव भएको हो ।

केही इराकी अमेरिका र इरान संघर्षको चुपुवामा पर्ने हो कि भन्ने चिन्तामा रहेको बताइन्छ ।(एजेन्सी)