
काठमाडौं, बैशाख ३१ । नेपाल सेनाका प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीे पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमणका लागि आज पाकिस्तान जादै छन् ।
पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा उनी ३ दिनका लागि पाकिस्तान लागेका हुन् ।
यो भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको सम्बन्धका थप मजबुत हुने विश्वास लिएको छ । उनी आगामी जेठ ४ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस्