
मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँगसमेत उनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँगसमेत भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
लामिछाने भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट नेकपा एमालेका तर्फबाट विजयी भएका थिए । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्