Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


पल्सर स्पोर्टस् अवार्डः सन्दीप सर्वाधिक तीन विधाको मनोनयनमा


0
Shares

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आइरहेको अवार्डमा सन्दीप लामिछाने वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी तथा पिपुल्स च्वाइस अवार्ड गरी सर्वाधिक तीन विधामा मनोनीत भएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।

जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की रहेका छन् ।

यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी बिमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नबीता श्रेष्ठ रहेका छन् ।

पल्सर स्पोर्टस् अवार्डअन्तर्गत् वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेञ्जन, जुडोकी मनीता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन् ।

यसैगरी, वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् ।

यसअघि नै सार्वजनिक भइसकेको पिपुल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र फुटबलका मानबहादुर शेर्पा परेका छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लिट र स्पेसल अवार्डको घोषणा भने आगामी जेठ ३ गते राजधानीमा हुने अवार्ड कार्यक्रममै गरिने जनाइएको छ ।