२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


देशैभर बदली र वर्षा


0
Shares

पूर्वमनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनकाअनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले समग्र भू–भागमा असर पुगेको छ । जसका कारण आइतबार रातिदेखि सोमबार दिउँसोसम्म बदली र वर्षा भएको हो ।

अहिले वर्षा रोकिएपनि मध्य र पूर्वी भेगमा बदली रहेको तथा सोमबार राति र मंगलबार (भोलि) खासगरी पहाडी भेगमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

रातिदेखि सुरु भएको मौसमी प्रणालीमा बुधबारबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंमा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी नेपालगन्जमा ३९, वीरेन्द्रनगरमा ३७, दाङमा ३५, सिमरामा ३२, पोखरामा ३५ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, विराटनगरमा २२, ओखलढुंगामा २० र सबैभन्दा कम दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ ।

सोमबार काठमाडौंको न्यूनतम् १५ र अधिकतम् तापक्रम २६ डिग्रिसेल्सियस रहेको छ । रासस