
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत सहभागी कार्यक्रममा शंकराचार्यलाई अभिनन्दन गरिएको थियो ।
उनले संस्कृत विद्वान् तथा जर्मन नागरिक प्रोफेसर डा. दिवाकर आचार्यद्वारा लिखित गुह्येश्वरीसम्बन्धी नामक पुस्तकको विमोचन पनि गरे ।
नेपालको १० दिने भ्रमणमा आएका जगद्गुरु शंकराचार्यले काठमाडौंको टुँडिखेल, चितवन, हेटौंडा र वीरगन्जमा प्रवचन दिने कार्यक्रम रहेको छ ।
उनीद्वारा लिखित धर्म दर्शनसम्बन्धी १६१ ओटा पुस्तक विश्वविख्यात छन् । उनी गोबर्धनमठ पुरीका १४५औं शंकराचार्य हुन् ।
प्रतिक्रिया दिनुहोस्