स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयक विधायन समितिमै फिर्ता « Imagekhabar – Online News Portal of Nepal


स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयक विधायन समितिमै फिर्ता


0
Shares

प्रदेशसभाको सोमबारदेखि सुरु भएको दोस्रो अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले विधेयक पेस गरेका थिए । तर, बैठकले थप छलफल गर्नुपर्ने भन्दै विधेयकलाई विधायन समितिमै फिर्ता पठाएको हो ।

विधेयकमा प्रदेशसभाका सदस्यहरुलाई गाडी सुविधा प्रस्ताव गरिएको छ ।

यस्तै, बैठकमा आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकतासम्बन्धी प्रस्ताव पनि पेस गरिएको छ ।

प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले संविधानको मर्मअनुसार बजेट ल्याइने बताए ।

सो प्रस्तावमाथि प्रदेशसभामा मंगलबारदेखि छलफल सुरु हुने जनाइएको छ ।