२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोदीको चेतावनीकाबारेमा राष्ट्रपति कोविन्दलाई पत्र


0
Shares

प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणकाक्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खन्डन गरेका छन् ।

कर्नाटकमा भएको निर्वाचनकाक्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ ।

गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको र्‍यालीपछि आयोजित कार्यक्रममा मोदीले ‘कंग्रेसका नेताहरुले कान खोलेर सुन्नोस्, म मोदी हुँ, तपाइँहरूले सीमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नुपर्नेछ’–भनेका थिए ।

मोदीको भनाइलाई पूर्वप्रधानमन्त्री डा. सिंहले ‘शान्ति भाँड्ने दुराशयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति’–भनेका छन् ।

‘न हाम्रो पार्टी, न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्’–सिंहले पत्रमा लेखेका छन् ।

उनले पत्रमा भनेका छन्–‘कसैकाविरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनुहोला ।’

राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंहबाहेक कंग्रेसका दुवै संसदीय दलका नेता र वरिष्ठ नेताहरू पी चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गरेका छन् । रासस/एएनआइ