
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा प्रदेशसभा भवनमा एक्कासि विद्युत् सर्ट भएपछि बैठक बस्न ढिलाइ भएको हो ।
प्रदेशसभा सचिवालयले प्राविधिक बोलाएर विद्युत् मर्मत गराएपछि बैठक बसेको छ ।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सोमबार पेस भएको प्रस्तावमाथि छलफल हुने कार्यतालिका छ । छलफलमा सहभागी हुन ४७ जना प्रदेशसभा सदस्यले नाम टिपाएका छन् ।
सोमबारदेखि सुरु भएको दोस्रो अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्