
ज१ख ७०१ नम्बरको यात्रीबाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेकाक्रममा मंगलबार अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका–९ स्थित परिकौलीचोकनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ ।
त्यस्तै, अन्य सातजना पनि गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आ–आफ्ना घर फर्केको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका यात्रीकाअनुसार सो बसमा १०० भन्दा बढी यात्री कोचिएर बसेको र बस तीव्रगतिमा गइरहेका कारण बसचालकले बस नियन्त्रणमा लिन नसकेर बाटाको छेउमै रहेको खाल्डोमा बस दुर्घटना भएको थियो ।
बस दुर्घटना भएलगत्तै चालक, सहचालक र बसका कर्मचारी फरार छन् भने घटनास्थलमा नेपाली सेना, स्थानीयवासी र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाको उद्धार गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्