प्रदेश–३ प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल • Image Khabar Image Khabar


प्रदेश–३ प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार १५:४८

प्रदेश–३ प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरी सदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।

मंगलबारै बसेको प्रदेशसभाको पहिलो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नम्बर–३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिए ।

प्रदेशप्रमुख कोइरालाले प्रमाणित गरेको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबारै बसेको प्रदेशसभाको दोस्रो बैठकले भक्तपुर–१ ‘क’बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारकाक्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्