शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा अभिनन्दन • Image Khabar Image Khabar


शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा अभिनन्दन


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार १७:०२

शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा अभिनन्दन

टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व हिन्दू पाठशालाको तर्फबाट शंकराचार्यलाई अभिनन्दन गरेका हुन् ।

सनातन हिन्दुधर्मको संरक्षण र समृद्धिमा योगदान पुर्‍याएबापत उनलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिलाई सुखी र खुसी राख्नका लागि धर्म आवाश्यक पर्ने भन्दै आफू जनताको पेट भरेर खुसी बनाउने बाटोमा लागेको बताए ।

सो अवसरमा शंकराचार्य निश्चलानन्दले सनतात धर्म–संस्कारको महत्वकाबारेमा वर्णन गर्दै संसार बनाउने र अन्त्य गर्ने पनि ‘भगवान्’ नै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्