२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई भब्य स्वागत


0
Shares

डीबी विष्ट/
बझाङ, जेठ २ । विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई बझाङको एक विद्यालयले भब्य स्वागत गरेको छ ।

मंगलबार एक कार्यक्रमबीच कुल मष्टजन माविले विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई टिका लगाएर स्वागत गरेको हो । अभिभावक, विद्यालय ब्यावस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीका साथै गाउँपालिकाका जनप्रतिनिधिहरुद्वारा विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई विद्यालयमा स्वागत गरिएको शिक्षक वीरेन्द्रबहादुर सिंहले बताए ।

कक्षा १ देखि १० सम्म नयाँ भर्ना भएका १५० जना विद्यार्थीलाई विद्यालयले स्वागत गरेको उनले बताए । यसरी विद्यार्थीहरुलाई स्वागत गर्दा नयाँ भर्ना भएका विद्यार्थीकहरुको मनोबल बढ्ने उनको भनाइ छ ।

हाल कुल मष्टजन उमाविमा ७२८ जना विद्यार्थी छन् । विद्यालयका प्राचार्य मोहनबहादुर थापाका अनुसार नयाँ भर्ना हुने विद्यार्थीको संख्या थपिदैं गएको छ ।