मलेसियामा सुधारवादी नेता इब्राहिम जेलबाट रिहा • Image Khabar Image Khabar


मलेसियामा सुधारवादी नेता इब्राहिम जेलबाट रिहा


Imagekhabar
२ जेष्ठ २०७५, बुधबार १५:४०

मलेसियामा सुधारवादी नेता इब्राहिम जेलबाट रिहा

मलेसियाको भावी नेताकारुपमा हेरिएका बेला सत्ताबाट बाहिरिएपछि भ्रष्टाचार र अप्राकृतिक यौनव्यवहारमा दोषी ठहर भएपछि उनलाई पाँच वर्षको जेल सयाय सुनाइएको थियो ।

उनी तीन वर्षअघि दोस्रोपटक जेल गएका थिए । नयाँ प्रधानमन्त्री महाथिर मोहम्मदले क्षमा दिएपछि उनी जेलमुक्त भएका हुन् ।

रिहा भएलगत्तै इब्राहिमले प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा रहेका मलेसियाली जनतालाई धन्यवाद दिएका छन् ।

इब्राहिमले मलेसियाको विपक्षी दलको अभियानलाई नेतृत्व गरेका थिए । हालै सम्पन्न चुनावमा उनको पार्टीले मुलुकको इतिहासमा पहिलोपटक सत्तारुढ पार्टीलाई पराजित गरेको थियो ।

सन् १९९८ मा उनलाई महाथिरले उप्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । सन् २००४ मा जेलमुक्त भएपछि उनी विपक्षी दलको नेता भए ।

सन् २०१५ मा उनलाई आप्रकृतिक यौनव्यवहारको अर्को मुद्दा लगाएर जेल हालिएको थियो ।

प्रधानमन्त्री महाथिरले इब्राहिमलाई दुई वर्षभित्र प्रधानमन्त्री बनाउने चाहना व्यक्त गरेका छन् । महाथिरले नै इब्राहिमलाई राजनीतिमा अगाडि बढाएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्