३० असार २०८२, सोमबार | Tue Jul 15 2025


विमान दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त


0
Shares

बुधबार बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुःख व्यक्त गरेका हुन् ।

विमान दुर्घटनामा ज्यान गुमाउने विमानचालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटना बढ्दै गएकाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनीकरणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । रासस