Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न सिफारिस


0
Shares

प्रदेश सरकारका उद्योगमन्त्री रामशरण बस्नेतले गाउँसभाको दुईतिहाइ निर्णयअनुसार वडा नम्बर–५ को गुम्दाबाट माछाखोलामा केन्द्र सार्नका लागि सिफारिस गर्न निर्णय गरिएको जानकारी दिए ।

यस्तै, बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाहरुको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदको २०७४ चैत १४ गतेको बैठकबाट प्राकृतिक स्रोत–साधन दोहन भएको सम्बन्धमा गठित कार्यदलबाट बुधबारको बैठकमा प्रतिवेदन पेस भएकोमा त्यसको कार्यान्वयनका लागि मापदन्ड बनाएर आगामी प्रदेश मन्त्रिपरिषद बैठकमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी पनि दिइएको छ ।