घाइतेको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका • Image Khabar Image Khabar


घाइतेको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका


Imagekhabar
३ जेष्ठ २०७५, बिहीबार १६:०३

घाइतेको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

प्रहरीले आक्रमणको घटनामा धवलकै छोराको संग्लनता हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको छ ।

गोली प्रहार भएको बुधबार दिउँसो फोटो माग्ने निहुँमा छोरा सन्दीप धवल एक अपरिचित युवकसँगै बाबुले काम गर्ने ठाउँमा आएको र साँझ आक्रमण हुनुले निजकै संलग्नता अनुमान गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

निज सन्दीप मृतक धवलका जेठी श्रीमतीका एकमात्र छोरा हुन् । धवलले कान्छी श्रीमती विवाह गरेपछि जेठी श्रीमती भारतको सिद्धार्थनगर नौतनहवानजिकै आफन्तकोमा र छोरा सन्दीप भारतको गोरखपुरनजिकै पिपिगन्ज भन्ने ठाउँमा मावलीको घरमा बस्दै आएका थिए ।

बुधबार मणिग्राममा बाबुसँगको भेटपछि फर्किएर भारतस्थित मामाघर पुगे पनि हाल सम्पर्कविहीन रहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्