१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘प्रविधिमैत्री समाज आजको आवश्यकता’


0
Shares

नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले ‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’–भने ।

सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना–प्रविधि ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले नवीन प्रविधिको सदुपयोगले सामाजिक र आर्थिक परिवर्तन ल्याउने उल्लेख गरे ।

कार्यक्रममा प्राविधिकज्ञहरुले कृत्रिम बौद्धिकताका साथै त्यसको क्षमता र जोखिमकाबारेमा आफ्ना धारणा राखेका थिए ।

विश्व दूरसन्चार दिवस सन् १९६९ देखि वार्षिकरुपमा मे १७ मा मनाउने गरिएको छ ।