२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सिद्धबाबा नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध


0
Shares

                                            फाइल तस्वीर

बुटवल, जेठ ४ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा नजिकै गएराति पहिरो जाँदा बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।

राति १२ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३, हेडबक्स भन्ने ठाउँमा गत आइतवार पनि पहरो खसेर दुई दिन सडक अवरुद्ध भएको थियो ।

राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका पहाडी जिल्लामा जाने सबै सवारी साधन ठप्प छन् ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधन बाटोमै रोकिएका छन् ।