
काठमाडौं, जेठ ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले गृहकार्य शुरु गरिसकेको बताएका छन् ।
राजधानीमा जारी व्यापार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि औद्योगिक नीति समयानुकूल बनाइने र त्यसका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी दिए ।
आयातमा मात्र भर पर्दा स्वदेशी उद्योगधन्दा धराशायी बन्दै गइरहेको भन्दै मन्त्री खतिवडाले अब यसको अन्त्य गरिने बताए ।
कार्यक्रमा स्वदेशी र विदेशी लगानीकर्ता एवं व्यवसायीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्