मनमोहन मेमोरियल सामुदायिक अस्पतालले वृद्ध–वृद्धालाई चन्द्रागिरिको भ्रमण गरायो • Image Khabar Image Khabar


मनमोहन मेमोरियल सामुदायिक अस्पतालले वृद्ध–वृद्धालाई चन्द्रागिरिको भ्रमण गरायो


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १९:०५

मनमोहन मेमोरियल सामुदायिक अस्पतालले वृद्ध–वृद्धालाई चन्द्रागिरिको भ्रमण गरायो

पशुपपतिको वृद्धाश्रम, दिलशोभा श्रेष्ठको आमाघरलगायतका विभिन्न वृद्धाश्रममा बस्दै आएका वृद्ध–वृद्धाहरुलाई चन्द्रागिरि भ्रमणमा लगिएको हो ।

झन्डै १०० जना वृद्ध–वृद्धाहरुलाई केवलकारमार्फत् माथि पुर्‍याएर मन्दिरको दर्शन गराइएको हो ।

अस्पतालका निर्देशक अरुणमणि दीक्षितले मनमोहन अधिकारीले नै वृद्धभत्ता दिन सुरु गरेकाले अस्पतालले पनि वृद्ध–वृद्धाहरुका लागि मनोरन्जनमूलक कार्यक्रम गर्दै आएको बताए ।

चन्द्रागिरि भ्रमणमा गएका वृद्ध–वृद्धाहरुले पनि यो ठाउँमा कहिल्यै पुग्न पाइएला भन्ने नसोचेको भन्दै खुसी व्यक्त गरे ।

चन्द्रागिरि पुगेर भालेश्वर महादेव दर्शन गरिसकेपछि वृद्ध–वृद्धाहरुले नाचगान गरेर रमाइलोसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्