२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाग्मती सफाई महाअभियानको पाँच बर्षमा १८ हजार मेट्रिक टन फोहोर उठाइयो


0
Shares

काठमाडौं, जेठ ५ । बाग्मती सफाई महाअभियान सुरु भएको ५ वर्ष पूरा भएको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानले पाँच वर्ष पूरा गरेको हो ।

यो बीचमा अहिलेसम्म बागमती नदीबाट १८ हजार मेट्रिक टन फोहोर उठाइएको छ ।

बाग्मती सफाईको २ सय ६२ औं हप्ताका अवसरमा काठमाडौंको शंखमूल दोभान आसपासका क्षेत्रमा सफाई गरियो ।

पाँच वर्षमा सुन्दरीजलदेखि चोभारसम्मको बाग्मती नदीमा २ पटक सफाई गरिसकिएको छ । सफाई अभियानमा १५ सयभन्दा बढी संस्था सहभागी छन् ।

काठमाडौंबाट सुरु भएको बाग्मती सफाई अभियानको सिको गर्दै देशका अरु नदी तथा शहरको सफाई अभियान पनि सुरु भएको छ ।

अभियान सुरु भएपछि बागमती नदीको मुहार फेरिँदै गएको छ भने अरु नदीको अवस्थामा पनि सुधार आएको छ ।