२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एम्बुलेस चालकले गरे रक्तदान


0
Shares

काठमाडौं, जेठ ५ । बिरामीलाई रगतको अभाव हुन नदिन संयुक्त एम्बुलेन्स चालक संघको काठमाडौं जिल्ला कार्यसमिति र पिडि एसएसको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको कार्यक्रममा करीब एक सय जनाले रक्तदान गरेका थिए ।

काठमाडौंका विभिन्न अस्पतालमा एम्बुलेन्स चालकको रुपमा कार्यरत रहेकाहरुसहित सर्वसाधारणले पनि रक्तदान गरेका थिए ।