विहानै देखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध • Image Khabar Image Khabar


विहानै देखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार ०८:२०

विहानै देखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ ।
रासस

प्रतिक्रिया दिनुहोस्