२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रफाईल नदालले जिते रोम ओपन टेनिसको उपाधि


0
Shares

काठमाडौं, जेठ ७ । स्पेनिस खेलाडी रफाईल नदालले यस वर्षको रोम ओपन टेनिसको उपाधि जितेका छन् ।

ईटालीको रोममा गएराति भएको फाइनलमा जर्मनीका अलेक्जेण्डर भेरेभलाई पाखा लगाउँदै नदालले आठौं पटक रोम ओपन जितेका हुन् ।

भेरेभ विरुद्धको खेल नदालले ६-१, १-६ र ६-३ ले आफ्नो पक्षमा पारे । जितसँगै नदाल विश्व टेनिस वरियताको शीर्ष स्थानमा उक्लने निश्चित भएको छ ।

अघिल्ल्लो हप्ता सम्पन्न मड्रिड ओपन टेनिसपछि स्विस खेलाडी रोजर फेडेरर वरियताको शीर्ष स्थानमा उक्लेका थिए ।

अब भने अर्को हप्ता फ्रेन्च ओपन ग्रान्ड स्लाम सुरु हुनुपुर्व नदाल नै विश्व नं. एक हुने भएका छन् ।

नदालले फ्रेन्च ओपनको. तयारी स्वरुप क्ले कोर्टमा खेलेका पछिल्ला चारमध्ये तीन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

पेरिसको रोलाँ ग्यारोमा हुने फ्रेन्च ओपनमा नदाल कीर्तिमानी एघारौं उपाधिको खोजीमा हुनेछन् ।