
धनकुटा, जेठ ७ । धनकुटा नगरपालिकाले नगरक्षेत्रमा बसोवास गरिरहेका आठपहरिया समुदायको बस्तीमा खरको छाना विस्थापित गर्ने अभियान सुरु गरेको छ ।
यो अभियानअन्तर्गत आवास सहुलियत साझेदारी कार्यक्रममार्फत नगरपालिकाले पहिलो चरणमा १ सय ५ घरधुरीलाई ३ हजार ७ सय ११ थान रंगीन जस्तापाता वितरण गरेको छ ।
नगरक्षेत्रमा करिव १४ हजार जनसंख्या रहेको आठपहरिया समुदायले आफू बस्ने घरमा खरको छाना लगाउने परम्परा छ ।
चुनावका बेला भोट माग्न जाँदा खरको छाना हटाएर जस्तापाता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे अनुसार नै आफूले रंगिन जस्तापाता वितरण गरेको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जानकारी दिए ।
आठपहरिया समुदाय भित्रका पनि गरिव, एकल, विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको हो ।
जस्तापाता वितरण कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्