२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


जनप्रतिनिधिहरुले नै अवैध रुपमा क्रसर उद्योग संचालन गरेको खुलासा


0
Shares

विराटनगर, जेठ ७ । मोरङको केराबारी गाउँपालिकामा जनप्रतिनिधिहरु नै अवैध रुपमा क्रसर उद्योग संचालन गरेको फेला परेको छ ।

क्रसर उद्योगबारे छानबिन गर्न गठित जिल्लास्तरीय समितिले केराबारीमा सञ्चालित तीन वटा क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालित भएको ठहर गरेको हो ।

खदम खोलामा विगत केही वर्षदेखि महादेव क्रसर उद्योग, कृष्ण क्रसर उद्योग र ओम क्रसर उद्योग संचालनमा छन् ।

केरावारी गाँउपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, ३ नं वडाका अध्यक्ष भक्त श्रेष्ठ, वडा नं. ८ का अध्यक्ष जंग भुजेल र वडा नं. १० का अध्यक्ष मनोज खड्काले ती क्रसर उद्योग सञ्चालन गर्दै आएका थिए ।

ती उद्योगहरु मापदण्ड पूरा नगरी संचालनमा ल्याइएको समितिले जनाएको छ ।

अनुमति दिएको स्थानभन्दा फरक ठाउँमा ती उद्योग सञ्चालनमा गरेको पाइएको छानबिन समितिकी संयोजक सुशिला श्रेष्ठले जानकारी दिए ।

जिल्लाका विभिन्न खोला र बस्ती नजिक निर्धारित मापदण्ड पुरा गरे/नगरेको बारेमा छानबिन गरी प्रतिवेदन बुझाउन केही दिन अघि विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको थियो ।