Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहाका लागि सिफारिस


0
Shares

काठमाडौं, जेठ १० । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।

ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

तर, कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर सरकारलाई उनलाई मुक्त गर्न लागेको हो । –नागरिक दैनिकबाट